गुर्जो सेवन गर्दा स्वास्थ्यमा हुने फाइदाहरु र प्रयोग गर्ने विधि

गुर्जोका फाइदाहरु

१. गुर्जो शीतल गुण भएकाले यसले गर्मीबाट टाउको दुखेको, आखा पिसाब, पैताला हात खुट्टा र जीउ पोलेको र पुरानो ज्वरोलाई निको पार्दछ ।

२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।

३. किड्नीको दुर्बलता तथा विकारलाई हटाएर पिसाब सम्बन्धी सम्पूर्ण समस्या तथा रोगहरुमा लाभ पुर्याउछ ।

४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।

५. रगतको खराबी हटाउन र रक्तअल्पता रगतको कमी हुन दिदैन ।

६. टिबी क्षयरोगका किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

७. कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु भाइरस जिवाणु किटाणु र तथा विषाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ । इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ ।

८. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुर्याउछ ।

९. उच्च रक्तचापको रोगीलाई पनि यसले फाइदा उच्च रक्तचापको रोगीलाई पनि यसले फाइदा पुर्याउछ ।

१०. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धी रोगमा फाइदा गर्दछ ।

प्रयोग गर्ने विधि

१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विधि अनुसार गुर्जो को सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टरको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।

२. ताजा गुर्जोको लहरा १० देखि ३० ग्राम सिलौटो ओखल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनिसंगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

३. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।

४. हप्तामा १–२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।

५. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।

ध्यान दिनुपर्ने कुराहरु

१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।

२. गर्भवती, दूधपान गराइरहेका आमा, ५ वर्ष मुनिका बच्चा, पखाला लागेका बिरामीले प्रयोग गर्नु हुँदैन ।

चिसो लागेको र संवेदनशील तथा कमजोर अवस्थाका बिरामीले उमालेर छानेर सेवन गर्नुपर्दछ । सत बनाएर प्रयोग गर्दा अझै सुरक्षित तथा प्रभावकारी हुन्छ । शरीरको अवस्था अनुसार अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टरको सल्लाह लिएर प्रयोग गर्नु धेरै राम्रो हुन्छ ।

ads

ads