सुन्तला खाँदा स्वास्थ्यमा हुने फाइदा र बेफाइदा

जाडोको मौसममा सुन्तलाको मौसम हुने भएकाले घाममा बसेर सुन्तला खाने गरिन्छ । सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

यसका साथै सुन्तला मुटुलाई स्वस्थ्य राख्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक हुन्छ । तर, कुनै कुनै समयमा सुन्तला स्वास्थ्यका लागि बेफाइदा पनि हुन्छ ।

सुन्तला सेवनबाट यी फाइदा लिन सकिन्छः

उच्च रक्तचाप : सुन्तलामा पाइने ‘हेस्परिडिन’भन्ने तत्वले उच्च रक्तचाप हटाउन मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता : सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तसर्थ जाडोको समयमा खाँदा चिसो लाग्छ भनेर सुन्तला खान आनाकानी गर्नु भन्दा रुघाखोकीबाट बच्न र हुन नदिन आफ्नो आहारामा सुन्तला समावेश गर्नु राम्रो हो।

छालाको सुन्दरता : सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ।

कोलेस्टेरोल : सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ।

क्यान्सर : सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ। एन्टिअक्सिडेन्टले पनि क्यान्सर हुन नदिन सहयोग गर्छ। सुन्तलामा पाइने प्रसस्त फाइबरले पनि कोलोन क्यान्सर हुन नदिन मद्दत गर्छ।

स्वस्थ मुटु : सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पुर्‍याउँछ।

दृष्टि : सुन्तलामा पाइने भिटामिन ए स्वस्थ आँखाका लागि एकदमै आवस्यक तत्व हो। यसले उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ।

कब्जियत : सुन्तलामा पाइने फाइबर अर्थात् रेशायुक्त पदार्थले कब्जियत हुनबाट जोगाउँछ। यसले हाम्रो पाचन प्रणाली स्वस्थ राख्न मद्दत गर्छ।

सुन्तला स्वास्थ्यका लागि बेफाइदा पनि हुन्छ:

१. हड्डीसम्बन्धी समस्यामा
सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखोकीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शियमलाई असर पुर्याउँछ । जसले हाडजोर्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ । यसका साथै, धेरै सुन्तला खाँदा आँस्टियोपोरोसिसबाट पीडित हुने सम्भावना बढी हुन्छ । त्यसैले सही मात्रामा सुन्तला खाने गर्नुपर्छ ।

२. रगतमा चिनीको मात्रा बढ्छ
बिहान खाली पेटमा सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ ।

३. पेटसम्बन्धी समस्या
भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रा हुन्छ । जसले पेटसँग सम्बन्धित विभिन्न समस्याहरु आउँछन् । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

४. तौल बढ्ने
भिटामिन सीले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ बनाएर राख्छ । तर भिटामिन सीको मात्रा धेरै खाँदा मेटाबोलिज्मलाई बिगार्न पनि सक्छ । जसले तौल सन्तुलित हुने प्रक्रियालाई ढिलो बनाइदिन्छ । जसले तौल बढ्ने समस्या बढ्छ । धेरै सुन्तला खाँदा फाइबर र कार्बोहाइड्रेटको मात्रा बढ्छ । जसले भोक लाग्ने र तौल सन्तुलन गर्न गाह्रो हुन्छ ।

५. एसिड रिफ्लेक्सको चिन्ता
खाली पेटमा सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दिनभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने समस्या आउँछ ।

कुनै पनि व्यक्तिले दिनमा १ वा दुईवटा भन्दा बढी सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तलाको जुस खानुहुँदैन ।

ads

ads