‘डिसेम्बर फल्स’ मा आर्यनको जोडी उपासना

निर्माणाधीन फिल्म ‘डिसेम्बर फल्स’की नायिकामा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्।

यो चलचित्रको छायांकन माघबाट सुरु हुने बताइएको छ । यो चलचित्रका लागि निर्माणपक्षले केही समयदेखि नायिकाको खोजी गरिरहेको थियो ।

फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। त्यति बेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसार हिरोइनको खोजी जारी रहेको बताएको थियो। अन्ततः ‘डिसेम्बर फल्स’मा उपासना भित्रिएकी हुन्।

भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी उपासनाले त्यसपछि रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनय गरेकी थिइन्। अभिनीत दुवै फिल्मबाट उपासनाले तारिफ पाइन्।

उपासनालाई पछिल्लो समय आधा दर्जनभन्दा बढी फिल्मको अफर गएको थियो। त्यसमध्ये उनलाई स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ

ads

ads