नायिका तथा मोडल रेश्मा घिमिरेले गरिन्‌ इन्गेजमेन्ट

टिकटक स्टारको रुपमा परिचित रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छन् । उनले, विराटनगरमा रहेको एक होटलमा बुधबार प्रभात बासुसँग इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट समारोहमा दुवै पक्षका परिवारको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका प्रभातसँग रेश्मा लामो समयदेखि प्रेममा थिइन् ।

अमेरिकामा रहेर चिकित्सा विज्ञान अध्ययनरत प्रभात एक महिना अगाडि नेपाल आएका थिए । उनी इन्गेजमेन्ट र आफ्नो व्यक्तिगत कामका लागि नेपाल आएको रेश्माले बताइन् । उनीहरुको विवाहको मिति भने तय भएको छैन ।

रेश्मा पछिल्लो समयमा म्यूजिक भिडियोमा चर्चित छिन् । टिकटकमा लाखौ फलोअर्स कमाएपछि भिडियोमा पनि लोकप्रियता कमाएकी नायिका अब भने वैवाहिक जीवनमा बाँधिने तयारी गरेकी छिन् ।

ads

ads