पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतको नयाँ पुस्तक सार्वजनिक

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतको नयाँ पुस्तक सार्वजनिक भएको छ ।

‘ट्रायल्स, ट्रिमोर्स एण्ड होपः पोलिटिकल इकोनोमी अफ कन्टेन्मप्रोररी नेपाल’को नेपाली संस्करण समकालीन नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा प्रकाशित भएको हो ।

यसअघि यो पुस्तकमा अंग्रेजी संस्करणमा प्रकाशित भएको थियो । नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष समेत रहेका बरिष्ठ पत्रकार गजेन्द्र विष्टले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गरेका हुन् ।

मकालु प्रकाशन गृहले नेपाली संस्करणलाई बजारमा ल्याएको हो ।

ads

ads