ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण

 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गरेका मेयर महर्जनमा शुक्रबार कोरोना पुष्टि भएको हो।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

‘पाटन अस्पतालमा उहाँ स्वाब दिइएको थियो। आज रिपोर्ट पोजेटिभ आयो,’ उनले भने।

मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको पनि उनले जानकारी दिए।

यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना भएको थियो। उनी अहिले निको भइसकेका छन्।

ads

ads