पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो :गुडीरहेको गाडी पुरियो

काठमाडौं – केहि दिनदेखि सक्रिय भएको मनसुनका कारण पहिरोको कहर बढ्न थालेको छ ।

पृथ्वी राजमागअन्तर्गत धादिङको गजुरी गाउँपालिका – ५ स्थित गलौदीमा गएको पहिरोले राजमार्गमा गुडीरहेका दुई वटा सवारी पुरेको छ ।

काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं आउँदै गरेको एचआर ३३ – ९९०१ नम्बरको भारतीय कन्टेनरको आधा भाग पुरेको हो ।

दुईवटा ठूला सवारी बिच सडकमा पहिरोले पुरेसँगै राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अहिले सो क्षेत्रमा सवारीको निकै चाप छ । डोजरको सहायताले पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ads

ads