रेड वाइनमा पहिलोपटक पल र साम्राज्ञीको जोडी

सिनेमा निर्माता रमेश एम के पौडेलले अभिनेता पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जोडी बनाउँदै निर्देशकीय डेब्यू सिनेमा ‘रेड वाइन’को घोषणा गरेका छन्।

पौडेलले ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ आदि सिनेमाका निर्मातासमेत हुन्।

‘रेड वाइन’का निर्माता पनि स्वयं रमेश हुन्।

सिनेमाको सम्पूर्ण सुटिङ् अमेरिकामा गर्ने जानकारी निर्माणपक्षले दिएको छ।

प्रेम कथामाथि आधारित हुने सिनेमाबाट पल र साम्राज्ञी पहिलोपटक सिनेमाको पर्दामा जोडी बन्दैछन्। निर्देशन र निर्माणका अलावा सिनेमामा पौडेलको कथा र गीत पनि रहनेछ।

सिनेमामा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बस्दै आएकी इमिली लामाले अभिनय गर्नेछिन्।इमिलिले अमेरिकामा बनिरहेका म्यूजिक भिडियोहरूमा काम गरिरहेकी छिन ।

सिनेमामा रमेशका अलावा अमेरिकामा व्यवसाय गर्दै आएका पासांग लामाको लगानी रहनेछ।

सिनेमाको सह-निर्माता निरू भण्डारी रहेकी हुन्।

आर्यन फिल्मस् प्रोडक्शन प्रा. लि र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा र संवाद सबिर श्रेष्ठले तयार पारेका हुन्।

सिनेमाको छायांकन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको बीचमा अमेरिकामा गर्ने तयारी भैरहेको छ।

ads

ads