क्यारेवियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइट राइडर्सले जिते

क्यारेवियन प्रिमियर लिगको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै उपाधि उचाल्न सफल भयो । यसका साथै नाइट राइडर्सले जारी प्रतियोगितामा एक खेलपनि नहार्ने रेकर्ड बनाएको छ ।

ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १९ ओभर एक बलमा एक सय ४५ रनमा अलआउट भयो ।

कमजोर सुरुवात गरेको सेन्ट लुसियाले १० रनमा पहिलो किवेट गमाएको थियो । उसका चार खेलाडीमात्र दोहोरो अंक जोड्न सकेन । जसमा आन्द्रे फ्लेचरले ३९ रन बनाए भने मार्क डियालले २९ तथा नजिबुल्लाह जार्दनले २४ रन बनाए । यस्तै रोस्टोन चेजले २२ रन बनाए ।

एक सय १५ रनमा चार विकेट गुमाएको लुसियाले बाँकी ३९ रन बनाउँदा सबै विकेट गुमायो । उसको मिडिलअडर पुर्ण रुपमा ध्वस्त भएको थियो । लुसियालाई अलआउट गर्न कायरन पोलार्डले चार तथा फवाद अहमेदले दुई विकेट लिए ।

जवाफमा नाइट राइडर्सले १८ ओभर एक बलमा दुई विकेट गुमाउँदै पुरा गर्यो ।

१९ रनमा दुई विकेट गुमाएको नाइटराइर्डको जितमा लेन्डी सिमोन्स र डारेन ब्राभोले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए । सिमोनले अविजीत ८४ रन बनाए भने ब्राभोले ५८ रनको योगदान गरे ।

यो प्रतियोगितामा पछिल्ला चार संस्करणमा नाइट राइडर्सले तेस्रो पटक उपाधि जितेको हो ।

ads

ads