प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसहरुले प्रदर्शन

बर्लिन । नोभल कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा करिब ३८हजार मानिसहरु सडकमा उत्रिएका थिए ।

जर्मनीमा जस्तै बेलायत, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध विरोधमा प्रदर्शनहरू भएका छन् । बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ । जर्मन अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेको आरोप लगाएका छन् ।

उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो । अटेर गर्दै उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन् ।

बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि पक्राउ गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ । सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ ।

मानिसहरू विभिन्‍न स्थानहरूमा सँगसँगै बसेका थिए । अर्को स्थानमा करिब ३० हजार मानिसहरू भेला भएका थिए । उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्‍न भएको जनाइएको छ । प्रदर्शनकारीहरुले जर्मनीमा जारी गरिएका प्रतिबन्धहरूले संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको र फिर्ता लिन माग गरिएको छ ।

के छन् प्रतिबन्ध ?

जर्मनी कोरोना भाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ । जर्मनी भाइरस संक्रमणबा हुने मृत्युदर न्यून भएका देशहरूमध्ये पनि एक हो । तर संक्रमण पथ पहिचान गर्ने काम जारी राखेको छ । जर्मनमा अगस्तमा कोरोना संक्रमितको संख्या बढेको छ ।

चान्सलर एन्जेला मेर्कलले १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम जारी गरेकी छन् ।
सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध पनि आगामी वर्षसम्मको गर्न नपाइने भएको छ ।

यसअघि मेर्कलले जाडो याममा संक्रमणको चुनौती बढ्नसक्ने बताएकी थिइन् । जर्मनीमा हालसम्म दुई लाख ४२ हजार जनामा कोरोना संक्रमण भएको छ भने ९ हजार २९७ जनाको मृत्यु भएको छ । – बीबीसी

ads

ads