काठमाडौँ महानगरपालिकाले कुलेश्वर क्षेत्रमा खाद्यान्न बिक्रिमा रोक

 

काठमाडौँ महानगरपालिकाले कुलेश्वर क्षेत्रमा सञ्चालित खाद्यान्न पसलको अनुगमन गरेको छ । आईतबार बिहान महानगरको उपप्रमुख हरिप्रभा खड्किको नेतृत्वमा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले कुलेश्वर क्षेत्रका खाद्य थोक पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खाद्यान्न पसलमा राखिएको दाल, चामल, गेडागुडीको भण्डारण, खरिद बिक्री बिल, तौल, मूल्य, गोदामको अवस्था हेरिएको थियो । निषेधाज्ञाका कारण अधिकांश पसल बन्द रहेतापनि खुल्ला भएका पसलमा म्याद नभएका सामगी भेटिएको महानगरले जनाएको छ । अनुगमन टोलीले खाद्यान्न ढुवानी गरेर आएका सवारीमा राखिएको सामानको गुणस्तर र सम्भावित चुवाहटको पनि अवलोकन गरेको थियो ।

कुलेश्वर क्षेत्रमा सञ्चालन भएको जय माँ दूर्गा टेड्रसबाट बिक्री गरेर ढुवानी तयार गरिएको ५ बोरा हरियो केराउसहित २ सय बोरा केराउ, १ सय बोरा चालम र २० बोरा भटमास बिक्रीका लागि रोक लगाएको छ । उत्पादकको नाम, उत्पादन मिति, मूल्यलगायत आधारभूत विवरणसमेत नराखी २ सय सादा पहेँलो बोरामा बिक्रीका लागि राखिएका केराउ, उत्पादन मिति मेटिएका बालाजी प्याकेजिङ्का करीब १ सय बोरा आजतक ब्राण्डका चामल र क्यानडाबाट आयात गरिएको २० बोरा भटमास लगायतका सामानको गुणस्तर, व्यापार मापदण्ड, कर भुक्तानी, व्यवसाय दर्ता र नविकरण भएको प्रमाणसहितका कागजात पेश नगरुञ्जेलका लागि बिक्रीमा प्रतिवन्ध लगाइएको हो ।

टेड्रसले पिकअप गाडीमा राखेर बनेपाको एविसि खाद्य स्टोरमा पठाउन लागेको उक्त खाद्य सामग्रीमा हुनु पर्ने आधारभूत मापदण्ड नभएकोले अनुगमनकै क्रममा ती सामान गोदाममा फिर्ता गरिएको छ ।

महानगरको उपभोक्ता हित समितिले अहिले तरकारी, खाद्य, दूग्ध पदार्थ तथा मासुजन्य सामाग्रीको बजार अनुगमन गरिरहेको छ । यस अघि कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन गरिएको थियो ।

ads

ads