काठमाडौं र भक्तपुरका दुई जना कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताएका छन्।

उनले दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको जनाए। काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।

काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्। डा. शाक्यले उनमा उच्च रक्तचापको समस्या रहेको जनाए। यस्तै गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए।

मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ। आजै वीरगन्जमा पनि एक महिलासहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ads

ads