विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि

काठमाडौं, १२ भदौ । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसदसमेत रहनुभएका चौधरीले ट्विटरमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

शुक्रबार एक ट्विट गर्दै चौधरीले पीसीआर परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको बताउनुभएको छ । उहाँले आफूमा कोरोनाका कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि जानकारी दिनुभएको छ । त्यस्तै आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

Binod Chaudhary
@BinodKChaudhary
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
12:57 PM · Aug 28, 2020

ads

ads