हिरोको स्कुटर किन्नेले ब्याज तिर्नु नपर्ने

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले आफ्नो कुनै पनि स्कुटरको खरिदमा ब्याज नलाग्ने योजना ल्याएको छ ।

कम्पनीले ल्याएको योजनामा स्कुटर खरिद गर्ने ग्राहकले सुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नु पर्छ भने बाँकी रकम २ वर्षको मासिक किस्तामा खरिद गर्न सक्ने छन् ।

साथै सून्य प्रतिशत डाउन पेमेन्नटमा पनि ग्राहकले यी स्कुटर तथा हिरोका अन्य मोटरसाइकल किन्न सक्ने छन् । यसरी मोटरसाइकल किन्दा भने ग्राहकले १६ प्रतिशतसम्म व्याज तिर्नु पर्ने हुन्छ । तर, हिरो एक्सपल्स सिरिजमा भने सून्य प्रतिशत व्याजदर र डाउन पेमेन्टको अफर छैन ।

अहिले हिरोले प्लेजर, प्लेजर प्लस, डेस्टीनी १२५, ड्युट र मेस्ट्रो एज स्कुटरको बिक्री वितरण गर्दै आएको छ ।

ads

ads