उपत्यकामा ९ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ९ जना कोरोना भाइरस संक्रमित भेटिएका जानकारी दिए ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ८ जना र स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरानो भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशैभर १५० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना निको भएर घर फर्किएका छन् ।

ads

ads