आइतबार काठमाडौं उपत्यकामा तीनजना कोरोना संक्रमित थपिए

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा तीनजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।आइतबार देशभर १५६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या १६ हजार ६५८ पुगेको उनले बताए ।

ads

ads