टायरमा हावा भर्ने र प्रेसर चेक गर्ने सानाे डिभाइस

काठमाडौं । मोवाइल निर्माता कम्पनी शाओमीले पोर्टेवल इलेक्ट्रीक एयर कम्प्रेसर निर्माण गरेको छ । कम्पनीले यसमा लिथियम आयन व्याट्री प्रयोग गरेर निर्माण गरेको हो ।

मोवाइल आकारमा निर्माण गरिएको यो डिभाइसले कार, मोटरसाइकल तथा साइकलमा हावा भर्न सहज हुनेछ । एडभेन्चर राइडरका लागि यो अति उपायोगि हुनेछ । पहाडी इलाकामा कमै मात्र वर्कशप खुलेका हुन्छन् । यस्तोमा टायरमा हावा कम भएमा वा पंचर भएमा यसले सहज रुपमा हावा भर्न सकिने छ ।

कम्पनीका अनुसार यो डिभाइसले ६ मिनेटमा कारमा हावा भर्न सक्नेछ भने ३ मिनेटमा साइकलमा हावा भर्न सकिने छ । यो डिभाइस भारतमा बिशेष अफर ल्याएर बिक्री सुरु भएको छ । २ हजार २९९ भारतीय रुपैयाँमा बिक्री भइरहेको यो डिभाइसको अफर सकिएपछि भने ३ हजार ४९९ रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

एक पटकको फुल चार्जमा यो डिभाइसले ५ वटा कारको टायर तथा ८ साइकलको टायरमा हावा भर्न सक्नेछ । यो डिभाइस माइक्रो यूएसबी चार्जरको मद्धतले चार्ज गर्न सकिन्छ ।

यस डिभाइसमा टायरको एयर प्रेसरसमेत चेक गर्ने सुबिधा रहेको छ । डिभाइसमा रहेको डिस्प्लेमा यसको जानकारी उपलब्ध हुने छ । रातीको समयमा काम गर्न परे इलइडी लाइटसमेत दिइएको छ ।

यसअघि नै युरोपियन बजारमा उपलब्ध यो डिभाइस हाल भारतीय बजारमा समेत उपलब्ध भएको हो । केही समय पश्चात् यो डिभाइस नेपाली बजारमा समेत भित्रने अनुमान गरिएको छ ।

ads

ads