काठमाडौं । बिहीबार विश्वमा २ लाख २६ हजार १८१ कोरोना संक्रमित थपिएका छन् । यो बुधबारको तुलनामा निकै धेरै हो । बुधबार विश्वमा १ लाख ८५ हजार ८३६ कोरोना संक्रमित थपिएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा शनिबार हालसम्मकै सबैभन्दा धेरै २ लाख ३० हजार ३७० कोरोना संक्रमित थपिएका थिए ।
हालसम्म विश्वमा एक करोड ३३ लाख ७८ हजार ८५३ जनामा कोरोना संक्रमण देखिसकेको छ भने मृत्यु हुनेको संख्या ५ लाख ८० हजार ४५ पुगेको छ ।
विश्वका २१६ देशमा कोरोना संक्रमण फैलिसकेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्