नेपाल मेडिकल कलेजमा कार्यरत ५९ स्टाफ नर्सलाई हटायो

काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत स्टाफ नर्सलाई जागिरबाट निकालेको छ । उनीहरु आफूलाई कोरोना महामारीको संकटको समयमा निकालेको भन्दै आन्दोलित भएका छन् ।

अस्पतालले करारमा रहेका ५९ जना स्वास्थ्यकर्मीलाई निकालेको हो ।

नेपाल मेडिकल कलेज कर्मचारी बोर्डका अध्यक्ष दिनेश पोखरेलका अनुसार बिना सूचना अस्पतालमा करारमा रहेका ५९ स्वास्थ्यकर्मीलाई (आज) साउन १ गतेदेखि सेवाबाट निकालेको हो । उनले ६ महिनादेखि तीन वर्षसम्म सेवा दिएका स्टाफ नर्स निकालिएका बताए ।

उनले बाह्रखरीसँग भने, “कोरोना महामारीका समयमा रोजगारी निकाल्नु राम्रो होइन । छिटोभन्दा छिटो उनीहरुको पुनःबहाली गर्नुपर्छ । ”

अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको उनले बताए । अस्पतालका निर्देशक राजेशकिशोर श्रेष्ठलाई पटक-पटक फोन सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

ads

ads