डीडीसीको घ्यू जापान र दुबई निर्यात हुन थाल्यो

१ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका घ्यू जापान र दुवईमा निर्यात हुन थालेको छ । पछिल्लो केही महिनामा झण्डै ४२ लाख मूल्य बरारको ५ हजार लिटर घ्यू जापन र दुबई निर्यात भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

जापनामा पाँच लटमा गरेर ४५ सय लिटर र दुबईमा पहिलोपटकमा पाँच सय सिलटर घ्यु निर्यात भएको संस्थानका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जीव झाले अनलाइनखबरलाई बताए ।

‘नेपाली घ्यूलाई निकै रुचाइएको छ, नेपाली निर्यातकर्ताले लैजान थाल्नु भएको छ, संस्थानले निर्यातको लागि प्रतिलिटर ८५३ रुपैयाँ मूल्य निर्धारण गरेको हो,’ झाले भने ।

हालसम्म ४२ लाख ६५ हजार रुपैयाँ बराबरको घ्यू निर्यात भएको र लकडाउन सहज भए पछि झनै निर्यात बढ्ने संस्थानको आशार रहेको उनले बताए ।

ads

ads