यामाहाको नयाँ स्कुटर फेसिनो १२५, यस्तो छ स्कुटर

काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले लकडाउनमै आफ्नो पहिलो बीएस ६ इन्जिन युक्त स्कुटर फेसिनो सार्वजनिक गरेरको थियो । कम्पनीले अनलाइन मार्फत सार्वजनिक गरेको फसिनो १२५ नेपाल आएको पहिलो दुई पाङ्ग्रे बीएस ६ इन्जिन भएको सवारीसाधन हो ।

लञ्चिङ भएको छोटो समयमा नै यसले ग्राहकको ध्यान खिच्न सफल भएको छ । कम्पनीले ल्याएको अफर र उत्कृष्ट मूल्यले धेरैलाई तानेको कम्पनीको भनाई छ । यामाहा फेसिनो १२५ एफआईको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ स्कुटर

अल न्यू फेसिनोमा रहेको १२५ सीसी क्ष्मताको एफआई इन्जिनले पुरानो ११० सीसी क्षमताको फेसिनोको तुलनामा ३० प्रतिशत पावर बढी प्रदान गर्ने छ । साथै यसले १६ प्रतिशत बढी माइलेज प्रदान गर्छ ।

नयाँ फेसिनो १२५ मा स्मार्ट मोटर जेनेरेटर (एसएमजी) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर बटनलाई दवाब दिने बित्तिकै सजिलै इन्जिन सुचारु गराउँछ । अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट–अफ स्वीच पनि यसमा रहेको छ ।

यो स्कुटरमा यूबीएस ब्रेकिङ्ग सिस्टमका साथ फ्रन्टमा डिस्क ब्रेक रहेको छ । यसमा रहेको नयाँ विशेषताहरु र प्रविधिहरुका साथ साथै फेसिनो १२५ एफआईको बनावट क्लासिक युरोपियन स्टाइलमा रहेको छ । फेसिनो १२५ एफआई नेपाली बजारमा बिभिन्न ५ रङ्गहरुमा उपलब्ध रहेको छ ।

‘फेसिनो यामाहा परिवारमा ख्याति प्राप्त नाम हो । यसमा दिइएको शक्तिशाली इन्जिन र प्रमुख स्टाइलहरुमा ठूलो परिमार्जन गरिएको छ । योसँगै नयाँ फेसिनो १२५ ले बजारमा अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ । नयाँ मोडलले अहिलेको पुस्ताका बढ्दो आवश्यकतालाई पूरा गर्न सक्ने छ’, यामाहा नेपालका बजार प्रमुख बिक्रम शर्मा पौडेललले भने ।

अहिले किन्नेलाई अफरै अफर

कम्पनीले हालै सार्वजनिक गरेको नयाँ अफर अन्तर्गत यामाहा फेसिनो १२५ बिभिन्न स्कीममा किन्न सकिन्छ । शून्य प्रतिशत डाउन पेमेन्ट, १० र २५ प्रतिशत डाउन पेमेन्ट, शुन्य प्रतिशत व्याजदर तथा नगद छुटका अफर छन् ।

शुन्य प्रतिशत डाउन पेमेन्ट स्कीममा फेसिनो एफआई किन्न चाहने ग्राहकले तीन वर्षको अबधिमा किस्ता चुक्ता गर्ने सुबिधा प्राप्त गर्नेछन् । यो स्कीममा ग्राहकले ८८३९ रुपैयाँ मासिक किस्ता बुझाउनु पर्नेछ । यस्तै १० र २५ प्रतिशत डाउन पेमेन्ट गरेरसमेत फेसिनो एफआई किन्न सकिने छ । स्थायी बासिन्दाले १० प्रतिशत र अस्थाई बासिन्दाले २५ प्रतिशत डाउन पेमेन्ट गरेर यो स्कीममा स्कुटर किन्न सक्नेछन् ।

१० प्रतिशत डाउन पेमेन्ट गर्नेले ३६ महिनाको कर्जा पाउने छन् भने २५ प्रतिशत डाउन पेमेन्ट गर्नेले ३० महिनाको कर्जा सुबिधा प्राप्त गर्ने छन् । १० प्रतिशत डाउन पमेन्ट गर्दा पहिलो १२ किस्ता ९३३२ रुपैयाँ र बाकी २४ किस्ता ७०७१ रुपैयाँ बुझाउनु पर्ने हुन्छ । यस्तै २५ प्रतिशत डाउन पेमन्ट गर्दा ७५६० रुपैयाँ मासिक किस्ता बुझाउनु पर्छ ।

यस्तै शुन्य प्रतिशत व्याजदरमा स्कुटर किन्दा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । यसमा कुनै व्याज तिर्नु पर्दैन । बाँकी रकम १ बर्षमा चुक्क्ता गनु पर्नेछ । यसमा मासिक किस्ता १० हजार ३२९ रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

अनलाइनबाटै बुक गर्न सकिने

कोरोनाका कारण घरमै बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले नेपालभरका लागि अनलाइन सर्भिसमार्फत सेवा पु¥याउन आफ्ना ग्राहक सहायता टिमलाई बुकिङ्गमा सहयोग प्रदान गर्न परिचालन गरेको कम्पनीले जानकारी दिएको छ ।

ads

ads