यामाहा एसजेड आरआर’ फिचर अनुसारको उत्कृष्ट

काठमाडौं । यामाहा एसजेड आरआर १५० सीसी क्षमताको सबैभन्दा कम मूल्यको मोटरसाइकल हो । २ लाख ३५ हजार ९०० रुपैयाँ मूल्य निर्धारण भएर बिक्री हुँदै आएको यो मोटरसाइकल बजारमा कम चर्चामा रहँदै आएको छ ।

यसमा रहेको १४९ सीसी क्षमताको एयर कुल्ड, ४ स्टोक, एसओएचसी, २ भल्भ कार्बुरेटर इन्जिनले अधिकतम ७५०० आरपीएममा १२.१ पीएस पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ ।

सेल्फ र किक दुबै स्टार्ट अप्सन रहेको यसमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ । एसजेड आरआर थ्रीमा अगाडि हाइड्रोलिक डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ । आरमदायी यात्राको लागि अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन पाउन सकिन्छ ।

यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्युले कोभिड १९ पछिको अवस्थालाई लक्षित गर्दै ल्याएको अफर अनुसार यो मोटरसाइकल शून्य प्रतिशत डाउन पेमेन्टमा किन्न सकिन्छ । उक्त स्कीममा ग्राहकले ३ बर्षको किस्तामा मोटरसाइकल किन्न सकिने छ । यस योजनामा ग्राहकले ८ हजार ४११ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

यस्तै १० प्रतिशत तथा २५ प्रतिशत डाउन पेमेन्ट गरेर पनि यो मोटरसाइकल किन्न सकिन्छ । अफर अनुसार स्थानीय बासिन्दाले १० प्रतिशतमात्र डाउन पेमेन्ट गर्न सक्नेछन् भने अस्थाई बासिन्दाले २५ प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । १० प्रतिशत डाउन पेमेन्ट गर्दा ३६ महिनामा किस्ता तिर्नु पर्छ भने २५ प्रतिशत डाउन पेमेन्ट गर्दा ३० महिना किस्ता तिर्नु पर्छ ।

१० प्रतिशत डाउनपेमन्ट गर्नेले पहिलो १२ किस्ता ८ हजार ८८० र बाँकी २४ किस्ता ६ हजार ७२८ रुपैयाँ का दरले तिर्नु पर्छ । यस्तै २५ प्रतिशत डाउन पेमेन्ट गर्नेले ७ हजार १९४ रुपैयाँ मासिक किस्ता ३० महिना तिर्नु पर्नेछ ।

यस्तै शून्य प्रतिशत व्याजदरमा यो मोटरसाइकल किन्न चाहनेले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । बाँकी रकम ग्राहकले १ बर्ष भित्र बुझाउनु पर्ने हुन्छ । यसमा ग्रहकले ९ हजार ८२८ रुपैयाँका दरले १२ किस्ता बुझाउनु पर्छ ।

ads

ads