टोयोटा क्रसओभर मोडलमा यस्ता छन् विशेषता

काठमाडौं । टोयोटाको विश्व चर्चित मोडल कोरोला अब क्रसओभर डिजाइनमा पनि आउने भएको छ । यसलाई कम्पनीले ‘कोरोला क्रस’को नामबाट बिक्री वितरण गर्ने छ । यसलाई आसियान क्षेत्रबाट बिक्री सुरु गर्ने टोयोटाले जनाएको छ ।

कोरोला सेडानको प्ल्याटफर्ममा तयार भएको यो क्रसओभरलाई टोयोटाले आफ्नो चर्चित प्ल्याटफर्म टिएनजीएमा तयार गरेको हो । टोयोटा क्रसको लम्बाई ४४६० एमएम रहेको छ भने चौडाई १८२५ एमएम र उचाई १६२० एमएम रहेको छ । यो टोयोटा र्याभ फोरभन्दा थोरै छोटो रहेको छ ।

यसको क्याविन निकै आकर्षक रहेको छ भने र्याभ फोरको जस्तै आकर्षक इन्टेरियर रहेको छ । ठूलो इन्फोटेन्टमेन्ट सिस्टम सहितको आकर्षक ड्यासबोर्डले जो कोहीलाई लोभ्याउँछ । सार्प हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, व्ल्याक ग्रिल र बम्पर, साइड स्कृट र ह्वील आर्कले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।

कम्पनीले यसमा दुई इन्जिन अप्सन दिएको छ । एउटा पेट्रोल इन्जिन र अर्को हाइब्रिड इन्जिन । यसमा रहेको १.८ लिटर २ जेड–एफबीई इन्जिनले १४० हर्सपावर र १७५ एनएम टर्क प्रदान गर्छ । साथै, यसमा रहेको हाइब्रिड इन्जिनले ९८ हर्सपावर प्रदान गर्छ । हाइब्रिड इन्जिनमा ई–सिभिटी गियरबक्स उपलब्ध रहेको छ ।

ads

ads