सर्वाधिक माइलेज दिने बजाज प्लाटिना मोटरसाइकल मासिक ५ हजार ३४३ रुपैयाँ किस्ता

काठमाडौं । बजारमा उपलब्ध मोटरसाइकल मध्ये सर्वाधिक माइलेज दिने बजाज प्लाटिना मोटरसाइकल मासिक ५ हजार ३४३ रुपैयाँ किस्ता तिर्नेगरि किन्न सकिने छ ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य १ लाख ६७ हजार ९०० रुपैयाँ रहेको छ । ग्राहकले यो मोटरसाइकल ३० प्रतिशत डाउन पेमेन्ट गरेर किन्न सक्ने छन् । यसरी किन्दा ग्राहकले मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् ।

यसरी छुटपछि ग्राहकले १ लाख ५५ हजार ९०० रुपैयाँको ३० प्रतिशत वापत ४६ हजार ७७० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने १ लाख ९ हजार १३० रुपैयाँ कर्जा लिनु पर्छ । उक्त कर्जा वापतको रकम २ वर्ष भित्रमा तिरिसक्नु पर्ने हुन्छ ।

योभन्दा बढी रकम डाउन पेमेन्ट गर्नेले ५० प्रतिशत जम्मा गरेर एक वर्षमा किस्ता तिर्नेगरि विना व्याजमा पनि किन्न सक्ने छन् । यसरी किन्ने ग्राहकले नगद छुट भने पाउने छैनन् । साथै, २० प्रतिशत डाउन पेमेन्टमा पनि यो मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा मोटरसाइकल किन्नेले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।

बजाज प्लाटिनाले एआरएआईले प्रमाणित गरे अनुसार ९६ किलोमिटरसम्म माइलेज प्रदान गर्ने छ । १०२ सीसी क्षमताको इन्जिन उपलब्ध रहेको यो मोटरसाइकल यातायातको साधन नभएर दैनिक काममा जान कठिन मानिसको लागि उपयुक्त मोडलको रुपमा रहेको छ ।

ads

ads