भेस्पा तथा अप्रिलिया स्कुटर किन्नेले व्याज तिर्नु नपर्ने

काठमाडौं । भेस्पा तथा अप्रिलिया स्कुटरको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नयाँ स्कीम सार्वजनिक गरेको छ । लामो समयसम्म चलेको लकडाउन खुकुलो भएसँगै शून्य प्रतिशत व्याजमा स्कुटर खरिद गर्न सकिने स्कीम कम्पनीले ल्याएको हो ।

लकडाउन पश्चात् सबै दुईपाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीले विभिन्न अफर सार्वजनिक गर्दै आएका छन् । यस्तोमा एमभी दुगडले समेत अफर ल्याएको हो ।

यो अफर अन्तर्गत ग्राहकले भेस्पा तथा अप्रिलिया स्कुटर किस्तामा खरिद गर्दा कुनै व्याज तिर्नु पर्दैन । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत व्याजदरमा स्कुटर खरिद गर्न सक्नेछन् । यससँगै ग्राहकले हरेक स्कुटरको खरिदमा २ वर्षको लागि सडक दस्तुर छुटसहित हेलमेट, कभर, फुट म्याट, किरिङलगायतका सामग्री निःशुल्क पाउने छन् ।

यसका साथै कोभिड १९ को सुरक्षालाई ध्यानमा राखेर ग्राहकले घरबाटै अनलाइन बुकिङ गरेर स्कुटर खरिद गर्न सक्नेछन् । आवश्यक प्रक्रिया पुरा गरेका ग्राहकलाई स्कुटर होम डेलिभरि गर्नेसमेत कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली बजारमा अप्रिलियाका एसआर १२५, एसआर १५०, एसआर १५० रेस र भेस्पा एसएक्सएल मेट १२५, भेस्पा एसएक्सएल १५०, भेस्पा एसएक्सएल मेट १५० जस्ता स्कुटर बिक्री गर्दै आएको छ । इटालियन प्रिमियम ब्राण्डका स्कुटर पावर र इस्टाइलिस लुक्सका कारण युवा वर्गमा लोकप्रिय रहेको छ ।

ads

ads