१७ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार

विराटनगर । मोरङमा प्रहरीले सामूहिक बलात्कारमा संलग्नको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले चार महिनाअघि १७ वर्षकी किशोरीमाथि भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा उर्लाबारी नगरपालिका– ५ का ३० वर्षका प्रदीप खतिवडा र २१ वर्षका भेषराज आचार्यलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २७ फगुनमा दिउँसो करिब ३ बजे किशोरी घरमा एक्लै भएको अवस्थामा छिमेकी दुई युवकले बलात्कार गरेका हुन् ।

गर्भवती भएपछि खुल्यो बलात्कार

मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार किशोरी गर्भवती भएपछि घटना बाहिर आएको हो ।

किशोरीलाई घटना कसैलाई सुनाए मार्ने धम्की दिएका कारण करिब चार महिना घटना बाहिर आएको थिएन । तर किशारी गर्भवती रहेको खुलेपछि आफन्त सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिन गएका थिए । चार महिनापछि जाहेरी आएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले सोही दिन दुई युवकलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पीडित पक्षलाई सुरुमा प्रहरीमा उजुरी गर्न दिइएको थिएन । घटना गाउँमै मिलाउने प्रयास भए पनि गर्भ रहेको पुष्टि भएपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।

ads

ads