सून्य प्रतिशत डाउन पेमेन्टमा यामाहा एमटी १५ः यस्तो छ मासिक किस्ता

काठमाडौं । यामाहाको नेकेड मोटरसाइकल एमटी १५ किन्न चाहने ग्राहकका लागि कम्पनीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले लकडाउन खुलेसँगै नयाँ योजना अन्तर्गत विभिन्न स्कीम ल्याएको हो ।

कम्पनीले सार्वजनिक गरेको अफरमा शुन्य प्रतिशत ब्याजदर, शुन्य डाउनपेमेन्ट, ३० र ४० प्रतिशत डाउन पेमेन्ट र नगद १० हजार डिस्काउन्टसमेत गरि ४ स्कीम अगाडि ल्याएको छ । लकडाउनका कारण सबै प्रकारका काम बन्दको असहज परिस्थितिमा मोटरसाइकल किन्न चाहने ग्राहकले तीन मध्ये कुनै एक योजना छनोट गर्न सक्ने छन् ।

आफुसँग डाउन पेमेन्ट गर्न रकम नहुने संगठित क्षेत्रमा काम गर्ने मानिसले यस योजनामा सहभागि हुन सक्ने छन् । सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्नेले ३ वर्ष भित्र रकम तिरिसक्नु पर्ने छ । यसमा मासिक किस्ता १५ हजार ३२८ रुपैयाँ मासिक किस्ता तिर्नु पर्नेछ ।

शुन्य प्रतिशत ब्याजदरमा समेत यो मोटरसाइकल खरिद गर्न सकिने छ । यो योजनमा अन्तर्गत ग्राहकले एक वर्ष भित्र मोटरसाइकलको मूल्य पुरा तिर्नु पर्ने हुन्छ । यसमा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ । यसमा मासिक किस्ता १७ हजार ९१३ रुपैयाँ पर्छ ।

यस्तै अर्को स्कीकम अन्तर्गत ३० र ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिन्छ । यो योजनामा सम्बन्धीत स्थानको स्थाइ बासिन्दाले ३० प्रतिशत र अस्थाइ बासिन्दाले ४० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सक्नेछन् । ३० प्रतिशत डाउन पेमेन्ट गर्दा ३६ महिना र ४० प्रतिशत डाउन पेमेन्ट गर्दा ३० महिनाको अवधिमा किस्ता तिनु पर्नेछ ।

३० प्रतिशतमा डाउन पेमेन्टमा १० हजार ४३२ रुपैयाँ किस्ता तिर्नु पर्नेछ भने, ४० प्रतिशतमा डाउन पेमेन्टमा १० हजार ३०२ रुपैयाँ किस्ता तिर्नु पर्नेछ ।

यस्तै नगद छुट अन्तर्गत ग्राहले १० हजार नगद छुट प्राप्त गर्नेछन् ।

ads

ads