मासिक १७ हजार २१४ रुपैयाँ तिरेर हुन्डाई क्रेटा किन्न सकिने

काठमाडौं । मासिक १७ हजार २१४ रुपैयाँ तिरेर हुन्डाई क्रेटा किन्न सकिने अफर कम्पनीले सार्वजनिक गरेको छ । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले क्रेटा किन्न चाहने ग्राहकलाई एक वर्षसम्म मासिक १७ हजार २१४ रुपैयाँ किस्ता तिर्ने अफर गरेको हो ।

हुन्डाईले क्रेटा इप्लस भेरियन्टको मूल्य ४६ लाख ५६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ । यस्तोमा कम्पनीले क्रेटा खरिदमा १ लाख ५० हजार रुपैयाँ नगद छुटको अफर गरेको छ ।

हुन्डाईले ल्याएको अफर अनुसार एक वर्षसम्म गाडीको मासिक किस्ता वापत आउने रकमको ५० प्रतिशत रकम कम्पनीले तिरिदिने भएकोले ग्राहकले मासिक १७ हजार २१४ रुपैयाँ किस्ता वापतको रकम तिरे पुग्नेछ ।

एक वर्षपछि भने ग्राहकले मासिक ३४ हजार ४२८ रुपैयाँ तिर्नु पर्ने हुन्छ । हुन्डाई क्रेटा किन्ने ग्राहकले १०.२२ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । साथै, डाउन पेमेन्ट वापत भने छुटपछि कायम हुने मूल्यको ५० प्रतिशत तिर्नु पर्ने हुन्छ ।

यस्तो छ क्रेटा

यसमा प्रोजेक्टर हेडलाइटको प्रयोग भएको छ । यसमा रहेको एलइडी डेटाइम रनिङ्गलाइट फगल्याम्पसँग राखिएको छ । १७ इन्चको डायमण्ड कट एलोय ह्वीलले गाडीलाई निकै आकर्षक देखाउँछ ।

क्रेटामा रियर पार्किङ्ग सेन्सर तथा रियर क्यामरा डाइनामिक गाईड लाइनसहित दिइएको छ, जसले साँघुरो तथा अफ्टयारो ठाउमा पनि सजिलै पाकिङ्ग गर्न सकिन्छ । अटो डिमिङ्ग रियर भ्यु मिररले रातमा चलाउन निकै सजिलो हुन्छ । यसमा रहेको इन्फोटेन्मेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ । क्रेटामा १.६ लिटरको पेट्रोल इन्जिन दिइएको छ ।

ads

ads