ब्राजिलमा पछिल्लो चौबीस घण्टामा झन्डै साढे ३९ हजार कोरोना संक्रमित

एजेन्सी । ब्राजिलमा पछिल्लो चौबीस घण्टामा झन्डै साढे ३९ हजार कोरोना संक्रमित थपिएका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३९ हजार चार सय ३६ कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख पुगिसकेको छ ।

ब्राजिलमा पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण एक हजार तीन सय ४७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्म कोरोना महामारीका कारण ५२ हजार ६ सय ४५ जनाको मृत्यु भइसकेको छ । –बीबीसी

ads

ads