जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ

बुटवल। पाल्पा जिल्लामा जवरजस्ती करणीको आरोपमा बाबु पक्राउ परेका छन् । ३१ वर्षीया अविवाहित छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनलाइ प्रकाउ गरी जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविवाहित छोरीलाई डर धम्की देखाई पटक–पटक जवरजस्ती करणी गर्दै आएको भन्ने दरखास्तको आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

त्यस्तै जिल्लामा यौन दुव्र्यवहारको आरोपमा ७७ वर्षका एक वृद्ध पक्राउ परेका छन् ।

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा वृद्ध पक्राउ परेका हुन् । निज बालिकाको घरमा गई कोही नभएको मौका छोपी दुव्र्यवहार गरेको भन्ने जाहेरीका आधारमा ती वृद्धलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धाय गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ads

ads