युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किए

५ असार, युएई । युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । फर्कनेहरुमा अधिकांश महिला छन् । सो विमानमा एक जना नेपालीको शवसमेत रहेको दूतावासका सूचना अधिकारीले बताए ।

कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरुलाई नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत नेपाल पठाइएको हो । नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । युएईको स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजे उडान भएको छ । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेकाहरुलाई शुक्रबार नेपाल पठाइएको हो ।

स्वदेश फर्किएकाहरुमा आबुधाबीबाट ४२ जना छन् । युएईका विभिन्न राज्यमा रहेका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले विमानस्थलसम्म ल्याइदिएका थिए । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका (करिव ४० हजार रुपैयाँ) को दरले टिकट काटेका छन् ।

नेपाल फर्कन चाहनेहरुका लागि आह्वान गरेको फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सोहीअुनसार पहिलो उडानमा अधिकांश गर्भवती महिलाहरु परेका छन् ।

ads

ads