नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

नुवाकोट । मंगलवार साँझ नुवाकोटमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा तारकेश्वर गाउँपालिकाका २१, २५ र २९ वर्षीय पुरुषहरु रहेको बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी उत्तम खनालले बताए । उनीहरुको हेटौंडास्थित कीटजन्य रोक अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । हालसम्म ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने बाँकी १० जना त्रिशुली तथा खरानीटारको आइसोलेसनमा उपचाररत रहेका छन् ।

उनीहरुको सम्मर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको सूचना अधिकारी खनालले बताए ।

ads

ads