बिरामी भएर अस्पताल आएकी बालिकामा डेंगुको संक्रमण पुष्टि

प्युठान नगरपालिका – ६ की एक ६ वर्षीया बालिकामा डेंगुको संक्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेंगुको संक्रमण पुष्टि भएको हो ।

बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ ।

गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिए । मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेंगु संक्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले आग्रह गरे ।

ads

ads