सुशान्तसिंहको करिअरका तीन वटा राम्रा फिल्म

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरे। ३४ वर्षीय राजपुतले फिल्म ‘काइ पो चे’ बाट बलिउडमा डेब्यु गरेका थिए।

फिल्ममा आउनुअघि उनी टेलिश्रृंखलामा काम गर्थे। सन् २००८ मा स्टारप्लसको ‘किस देशमे है मेरा दिल’ बाट टिभीमा डेब्यु गरेका उनले जिटिभीको ‘पवित्र रिश्ता’बाट निकै चर्चा पाएका थिए।

टिभीका विभिन्न कार्यक्रममा देखिँदै आएका उनी सन् २०१३ मा ‘काइ पो चे’ फिल्ममा देखिए। यही फिल्मबाट उनी ‘फिल्म फेयर अवार्ड फर बेस्ट मेल डेब्यू’ मा मनोनित पनि भए।

त्यही वर्ष उनले ‘शुद्ध देशी रोमान्स’ मा काम गरे। सन् २०१५ मा ‘डिडेक्टिभ बोमकेश बक्षी’ मा देखिएका उनले सन् २०१६ मा भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको बायोपिकमा मुख्य भूमिका निर्वाह गरे।

‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ का लागि उनले उनी ‘फिल्म फेयर अवार्ड फर बेस्ट एक्टर’ मा पनि मनोनित भए। यसबीच उनी ‘रब्ता’, ‘केदारनाथ’, ‘सोनचिरिया’, ‘ड्राइभ’ देखिए।

सन् २०१९ मा रिलिज उनको फिल्म ‘छिछोरे’ पनि व्यवसायिक रूपमा सफल भयो। यही वर्ष उनको फिल्म ‘दिल बेचारा’ पनि आउँदै थियो।

उनको सात वर्षे फिल्मी करिअरका तीन वटा राम्रा फिल्मको सूची यहाँ राखिएको छ, जुन युट्युबमा हेर्न सकिन्छ।

ads

ads