बालबालिकाको स्मरणशक्ति यसरी बढाउन सकिन्छ

मोबाइल र ल्यापटपले हिजोआजका बालबालिकाहरुलाई पुर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको छ । बालबालिकाहरु मोबाइल र ल्यापटप भएपछि खान-पिउन, साथीभाई, आमाबुबा कसैको पनि सम्झना आउँदैन, कुनै कुराको पनि होस हुँदैन । आफ्न्त कहाँ जाँदा होस् अथवा कुनै नौलो ठाउँमा पुग्दा होस्, उनीहरुलाई कुनै पनि कुराको मतलब हुँदैन । केवल मोबाइल तथा ल्यापटप भएमात्र उनीहरु खुशी हुन्छन् ।

यी समस्याहरु अहिले हरेक आमाबुबाले भोगिरहेका छन् । जब आफ्ना बालबालिका नयाँ र रमाइला कुराहरुको पनि वास्ता नगरी केवल मोबाइल र ल्यापटपको गेममा व्यस्त हुन थालेपछि उनीहरुले राम्रा कुरा र आफ्नो पढाइका कुराहरु कसरी सम्झन्छन् ? यो एउटा गम्भीर बिषय बन्न पुगेको छ । यस्तो स्थितिमा आज हामी बालबालिकाको स्मरण शक्तिको विकास कसरी गर्ने भन्ने बारेमा चर्चा गर्दैछौं ।

बालबालिकालाई पढाउँदा तथा केही नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले तपाईंको बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसँग सम्झन सक्छ।  आफ्ना बालबालिकालाई केहि समयको लागि शिक्षक बन्न दिनुहोस् र आफुलाई ठुला साना सबै कुरा सिकाउ भन्नुहोस् । उनीहरुलाई बिज्ञानका कुराहरु भन्न लगाउनुहोस् ।

आफुले थाहा नपाए झै गाह्रो कुराहरु भन्न लगाउनुहोस् । त्यसरी तपाईका बालबालिकाले आफुले जानेका कुराहरु तपाईंलाई सिकाउँदा ठुलो स्वरमा भन्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले आवश्यक जानकारीहरु ध्यानमा राख्नुको साथै लामो समयसम्म यी कुराहरु सम्झिरहन्छन् ।

तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ, सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले तपाईँले सिकाउनु भएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् । बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि भिडीयो गेम, प्ले कार्ड्स तथा कुनै त्यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ, जसले तपाईका बालबालिकालाई शिक्षा अथवा ज्ञान प्राप्त गर्न सहयोग पुगोस् ।

ads

ads