काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा औषधि छर्किन थालेको छ। बुधबारदेखि महानगरले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न बढी भीड हुने, अस्पताल क्षेत्रमा औषधि छर्केको हो।
‘महानगरपालिकाले कोरोनाभाइरसका लागि विशेष रूपमा डिस्इन्फेक्सन गर्ने कार्य सुरू गरेको हो,’ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने, ‘आज हामीले विभिन्न ठाउँमा छर्किन क्लोरिनयुक्त पानी तीन ट्याङ्कर पठायौं।’
बुधबार वीर अस्पताल, असन, टेकु अस्पताल, कालिमाटी तरकारी बजारमा औषधि छर्किएको हो। मेयर शाक्यका अनुसार बिहीबारदेखि भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा औषधि छर्किन १४– १५ वटा ट्याङ्कर खटाइने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्