दाइजोको लागी बुहारीको हत्या

रौतहट– दाईजो नदिएको भन्दै यातना दिएर बुहारीलाई हत्या गरी फरार रहेका बाबुु छोरालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन पचरुखी गाविस ६ हाल दुुर्गा भगवती गापा ४ का बाबुु खोभाडी मिश्र र छोरा श्यामप्रकाश मिश्र रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले बताए ।


आफनै श्रीमती डोली मिश्रको हत्यागरी फरार भएको आरोपमा जिल्ला अदालत गौर नजिकैबाट हिजो मिश्र बाबुुछोरा पक्राउ भएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । डोली मिश्रलाई उसको श्रीमान श्याम प्रकाश मिश्र, ससुरा खोभाडी मिश्र, देवर, सासुु र नन्द मिलेर दाईजो नदिएका कारण विभिन्न यातना पछी घाँटी थिचेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ।

मृतक डोली मिश्रका बाबुु भारत बिहार शिवहर जिल्ला पिप्राढी पुनरवासका देवेन्द्र मिश्रको जाहेरीको आधारमा प्रहरीले कर्तब्यज्यान सम्वन्धि मुद्धा दर्ता गरेको थियो । हत्या मुद्धाका फरार सासुु, देवर र नन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ads

ads