नेपाल लकडाउनको घोषणा पछि चिनियाँ राजदुतले लेखिन् “हामी नेपालीको साथमा छौँँ”

काठमाडौं । कोरोना संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल सरकारले कोरोना विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेलगत्तै चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी हुन् ।

नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेलगत्तै राजदूत यान्छीले ट्वीट गर्दै नेपाललाई सहयोग गर्न चीनले मेडिकल सामाग्रीहरु मिलाउँदै गरेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि चीनले आवश्यक सहयोगको सूचि नेपालसँग पनि मागेको थियो । चीनले सहयोगको सूची मागेलगत्तै नेपालले केही महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुको सूची उपलव्ध गराइसकेको छ ।

सोमबार नेपालमा सरकारले देशैभर लकडाउन घोषणा गरेको छ ।

ads

ads