सिल्क एयरको विमानलाई यात्रु समेत नझारी फिर्ता हुन आदेश

काठमाडौं । सरकारले नेदरल्याण्डका नागरिक समेत लिएर आएको सिल्क एयरको विमानलाई फिर्ता पठाएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणकाअनुसार प्रतिबन्ध लगाइएको मुलुकका नागरिक लिएर आएको विमान सिंगापुर फिर्ता पठाउन लागिएको हो ।

शनिबार राति ८ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानका नेपालीसहित कुनै यात्रु नझारी इन्धन भरेर सिंगापुर फिर्ता हुन निर्देशन दिइएको जनाइएको ।

केही दिनअघि मात्र सरकारले कोरोना संक्रमणको महामारीमा परेका मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

ads

ads