काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् ।
यो घोषणासँगै कुन कुन सवारी साधन कहाँकहाँ सञ्चालन गर्न पाइने हो भन्ने प्रश्न उठेको छ ।
जस्तो निजी सवारी साधन लिएर जान पाइन्छ कि पाइँदैन ? लामो रुट कुा कुन हुन् ? आदि ।
यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न ।’
लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ ।
महानिर्देशक हमालका अनुसार स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालमा यात्रुबहाक सवारी चलाउन पाइने छैन ।
तपाईको प्रतिक्रिया दिनुहोस्