गोल्डेन माइक होल्डर मेघा श्रेष्ठको नेपाल आइडलको यात्रा टुंगियो

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो हप्ता मेघा श्रेष्ठ बाहिरिएकी छिन् । केभिन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा काठमाडौंकी मोघा प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् ।

उनी नेपाल आइडल सिजन ३ की एक मात्र गोल्डेन माइक होल्डर प्रतिस्पर्धी थिइन् । गत हप्ता मुस्कान रानाभाट बाहिरिएकी थिइन् ।

यसैबीच, भोली (शुक्रबार)को श्रृखंलामा उत्कृष्ट १० प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गर्दैछन् । वाइल्ड कार्डबाट उत्कृष्ठ एकले प्रतिस्पर्धामा पुनः प्रवेश पाउने छन् ।

ads

ads