वास्तविक मिडिया र फेक मिडियाको फिल्टर गर्दैछु – “स्वस्तिमा खड्का”

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘हजार जुनी सम्म’ रिलिजको तयारीमा छ । साउनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्रलाई लिएर स्वस्तिमा उत्साहित छिन् ।

स्वस्तिमा पछिल्लो समयमा ‘कलाकारको पारिश्रमिकको बिषयमा दिएको अभिव्यक्ति र युटुबरलाई पत्रकार मान्दिनँ’ भन्ने अभिव्यक्तिका कारण चर्चामा छिन् ।अरु कलाकारले के गर्नुहुन्छ थाहा भएन, तर अब म भने फिल्टर गर्छु ।’

नायिका खड्काले आफू अहिले वास्तविक मिडिया र फेक मिडियाको फिल्टरमा लागेको खुलाइन् । स्वस्तिमाले भनिन्–‘हो, मैले पनि चलचित्र क्षेत्रमा आएसँगै धेरै युटुबमा अन्र्तवार्ता दिएकी छु । तर, अहिले हामी कुन वास्तविक र कुन फेक मिडिया हो भन्ने छुट्याउने क्रममा छौ ।

स्वस्तिमाले आफूले युटुब मिडियालाई पत्रकारिताको क्षेत्रमा नराख्ने भनेर नबोलेको पनि स्पष्ट पारिन् । उनले भनिन्–‘हो, यहाँ धेरै युटुबर हुनुहुन्छ । यसमा, निकै कम मात्र वास्तविक हुनुहुन्छ । यी बाहेक धेरै युटुब च्यानल फेक छन् ।’

युटुब च्यानललाई भाइरल बनाउनका लागि सेलिब्रिटीको पनि ठूलो हात रहेको उनको भनाई छ ।स्वस्तिमाले आफ्नो सकारात्मक मात्र लेख्ने मिडियासँग कुराकानी गर्ने नभनेको बताउँदै भनिन्–‘कसैले राम्रो लेख्छ भनेर मात्र उसँग कुरा गर्ने भन्ने होइन । तर, भनेको कुरालाई सही तरिकाले प्रस्तुत गर्ने मिडिया छुट्याउन जान्नुपर्छ ।’

ads

ads