नेपालसहित १४ देशलाई कतारले लगायो प्रतिबन्ध

कोरोना भाइरसको संक्रमण फैलिएपछि कतारले नेपालसहित १४ देशलाई तत्कालका लागि प्रतिबन्ध लगाएको छ । काेरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको हो ।

कतारले चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो। कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ।

कतारमा आइतबारमात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ। कतारले यात्रुलाई प्रतिबन्ध लगाएपछि रोजगारीका लागि कतार जान तयारी अवस्थामा रहेका कामदार मर्कामा परेका छन् ।

ads

ads