प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुल्यो

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवकको पहिचान खुलेको छ । उनी जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ । २२ वर्षीय तिरुवा पूर्व लडाकु हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तिरुवा कम्युनिष्ट विचारधाराका हुन् । उनले आफ्नो फेसबुक पेजमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङको तस्बिर राखेका छन् । उनले कम्युनिष्ट विचारका नारा समेत राखेका छन् । उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए ।

उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका थिए । आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन । त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।

ads

ads