राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु आइतबार नेपाल आउने

काठमाण्डै – एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रूपमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके आइतबार काठमाण्डौ आइपुग्ने भएका छन् । आउँदाे चैत १ गतेदेखि हुने एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियेटर्सले पुबुदुलाइ एक सिजनका लागि प्रशिक्षकमा अनुबन्ध गरेको हो ।

शरद भेषावकर कप्तान रहेको भैरहवाले ईपीएलका लागि ट्यालेन्ट हन्ट पनि गर्दैछ । जसका लागि पनि पुबुदु केही चाँडो नेपाल आउने भएका हुन् ।पुबुदु नेपाल आइपुगेपछि भैरहवाको ट्यालेन्ट हन्टमा पनि सहभागी हुनेछन ।पुबुदुकै प्रशिक्षणमा नेपालले अन्तराष्ट्रिय क्रिकेटमा ठुलो सफलता हात पारेको थियाे। उनले नेपाललाइ सन् २०१४ को टी-२० विश्वकपमा पनि पुर्याएका थिए ।

पुबुदुले नेपाललाई विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ बाट डिभिजन १ को टोलीसम्म बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ads

ads