एमसीसी टेबुल गर्न केही समय वेट गर्न आफूले आग्रह गरे पनि आफू नै फसेको महराको दाबी

काठमाडौं – जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन् । इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् ।

उनले आफूलाई फसाउनुको एउटा कारण अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको सहयोग संसदबाट पास नहुनु पनि भएको दाबी गरेका छन् । अन्र्तवार्तामा उनले भनेका छन्, ‘अब मैले चार महिना त अन्यायपूर्ण जीवन बिताएँ । तर अन्तत मैले सफाइ पाएको छु । मैले कुनै गल्ती गरेको छैन भन्ने प्रमाणित अदालतले गरिसकेको स्थितिमा आनन्द नै महशुस गरिरहेको छु मैले ।’

उनले एमसिसी टेबुल गर्न आफैंले अनुमति नदिएको बताएका छन् । ‘तर एमसिसी मैले नै उठान गरेको हो । एमसिसीको विषयमा सबैभन्दा बढी जानकार पनि म नै छु । कसैकसैले म अलि बढी जान्छु’, उनले भने, ‘एमसिसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ । विवाद समाधान । म सहमतिको मान्छे हो । सहकार्य खोज्ने मान्छे हो । सहकार्य खोज्न सक्थेँ । त्यो सबै कुरा सम्बन्धितहरूलाई थाहा छ । यसको डिटेल विषय तपाईंले जे भन्नुभयो मैले हिजो एउटा वक्तव्यमा भनेको छु । म राष्ट्रिय स्वाधिनताको लडाइँमा नचुकिकन लड्न चाहन्छु, त्यो विषयमा डिटेलमा पछि भनौंला ।’ उनले एमसीसी टेबुल गर्न केही समय वेट गर्न आफूले आग्रह गरे पनि आफू नै फसेको दाबी गरे ।

‘ त्यो त प्रधानमन्त्रीले पनि भन्नुभएको छ । त्यसकारण यी सबै कुरालाई अहिले चाहिँ डिटेलमा नजाऔं । किनभने अनुमोदन गर्नलाई सभामुखले अनुमति दिनुपर्छ । टेबुल गर्नका लागि । केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो । तर अनुमोदन नै गर्न हुन्न भन्ने होइन’, उनले भने, ‘त्यो एमसिसी हुन्छ वा हुँदैन भन्ने कुरा संसदको कुरा हो, तपाईं हाम्रो कुरा होइन । अहिलेको विषय होइन यो । संसदभित्रकै कुरा हो ।

ads

ads