“हजार जुनी सम्म” को पोस्टरमा किन अटाइनन् प्रियँँका कार्की ?

साउनको ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’मा नायिका प्रियंका कार्कीको महत्वपूर्ण भूमिका छ । उनलाई लिएर २ वटा गीत खिचिएको छ । तर, नायिकाको स्थान पोष्टरमा छैन ।

बुझिएअनुसार, उनलाई चलचित्रको प्रचारमा अगाडि ल्याउने सोच समेत यसको निर्माणपक्षले राखेको छैन । कारण के त ? निर्देशक विकासराज आचार्य भन्छन,”कार्कीको अतिथी भूमिका मात्र भएकाले पोष्टरमा स्थान नदिएको हो ।”

तर, २ वटा गीत र महत्वपूर्ण भूमिकामा रहेकी नायिकालाई एउटा आइटम गीत मात्र गरेकी दीपाश्री निरौला जस्तै गेष्ट भूमिकाका रहेकाले नसमेटिएको भन्नु पत्यारलाग्दो कुरा होइन ।

वुझिएअनुसार, नायिका कार्कीको खस्कदो क्रेज र उनी सहितको पोष्टर सार्वजनिक हुँदा म्यूजिक भिडियोको हो कि भन्ने दुविधा दर्शकमा पर्न थालेकाले स्थान नदिइएको हो । नायिका कार्कीले अभिनय गरेका म्यूजिक भिडियो पछिल्लो समयमा हप्तामा एउटा भन्दा बढी सार्वजनिक हुन थालेका छन् ।

केहि बर्ष अगाडिसम्म नेपाली चलचित्र क्षेत्रमा नम्बर १ को स्थान बनाएकी नायिका कार्कीको क्रेज पछिल्लो केही समयदेखि खस्कदो छ । सायद यहि कारणले प्रियँँकाले पोष्टरमा समेत स्थान नपाएको अनुमान लगाउन सकिन्छ ।

ads

ads