एम्बाप्पे रोनाल्डोका कारण रियल मड्रिड जान चाहँदैनन्

एजेन्सी- फ्रान्सेली युवा स्टार खेलाडी केलियन एम्बाप्पले रियल मड्रिडमा अनुबन्धका लागि आएको प्रस्तावलाई अस्विकार गर्नुको कारण खुलाएका छन्। उनी एएस मोनाकोमा रहँदा सन् २०१७ मा रियलले एम्बाप्पेलाई अनुबन्ध गर्ने लगभग पक्कापक्की भइसकेको थियो।

तर, उनी स्पेनिस महारथी क्लब रियल नभई फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगे। उतीबेला पीएसजी र रियल दुबै क्लब उनका लागि इच्छुक थिए। रिपोर्टका अनुसार एमबाप्पेले सम्झौता पूर्व नै रियल जान इच्छा देखाएको बताएका थिए ।

एम्बाप्पे रोनाल्डोका कारण रियल जान सहमत नभएको बताइएको छ। क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज एम्बाप्पेले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिउन भन्ने चाहन्थें। जुन कुरा युवा स्टार एमबाप्पेले चाहेनन्।

किनकी रोनाल्डो एम्बाप्पेका आइडल हुन्। ‘म रियल जान चाहन्थे। तर पछि थाहा भयो कि पेरेजले मलाई रोनाल्डोको स्थान लेओस भन्ने चाहन्थे।’ एमबाप्पेले भने, ‘दुनियाँको सबै भन्दा ठूलो क्लबमा अनुबन्धित भएर, पैसाका लागि दुनियाँको सर्वश्रेष्ठ खेलाडीलाई प्रतिस्थापन गर्न म तयार थिएन्। जबकी त्यो मेरो कल्पनाभन्दा पनि माथिको विषय थियो।’

उनले थपे, ‘त्यहाँ एक बुबा र छोराको हिसाव-किताब भयो। जुन कुरा मैले स्वीकार्न सकिन।’ यसले प्रस्ट हुन्छ कि उनी देश तथा रोनाल्डोको विपरित जान सबैभन्दा ठूलो गलत सम्झिन्छन्।

ads

ads