प्रदीप र प्रियंका पपुलर, निता र नाजिर उत्कृष्ट, रानालाई लाइफ टाइम

काठमाडौँ,३१ भदौं। निता ढुंगाना र नाजिर हुसेन उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । ‘एलजी सिने अवार्ड–२०७५’मा निता ‘पञ्चायत’ र नाजिर ‘तिमिसँग’ चलचित्र अभिनयबाट उत्कृष्ट ठहरिएका हुन् ।

आईतबार राजधानीको प्रदर्शनी मार्गस्थित सभागृहमा सिने सर्कल नेपालले आयोजना गरेको अवार्ड समारोहमा ‘तिमीसँग’ले उत्कृष्ट फिल्म अवार्ड हात पार्दा उत्कृष्ट निर्देशक भने चलचित्र ‘भुइमान्छे’बाट नवराज बुढाथोकी भए ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ मुख्य अतिथि र बलिउड अभिनेता गोबिन्दा विशेष अतिथि रहेको अवार्ड समारोहमा अभिनेता पुष्प खड्काले क्रिटिक्स अवार्ड हात पारे । दुई दर्जन विधामा अवार्ड प्रदान गरिएको समारोहमा प्रदीप खड्का र प्रियंका कार्की पपुलर अभिनेता अभिनेत्री घोषित भए ।

अवार्डमा यो बर्ष २३ विधाका उत्कृष्टलाई सम्मानित गरिएको थियो। बरिष्ठ निर्देशक किशोर रानालाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिए

ads

ads