म भूईबाट नै पलाएको हुँ, मेरो धरातल कहिले भुल्दिन : रवि ओड

काठमाडौं – नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटी बारेमा स्पष्टीकरण दिएका छन् । ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा गल्ती गरेका थिए ।

अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत बिगारेर गाएका थिए । रविले आफ्नै यूट्यूब च्यानलबाट यो गायनको भिडियो अपलोड गरेपछि आलोचना भएको थियो । शब्द नै कन्ठ नगरी गीत गाएको भनेर धेरैले कमेन्ट गरेका थिए । गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरेका थिए ।

यो गल्तीपछि चर्को आलोचना भएपछि रबिले सामाजिक सञ्जालमा स्पष्टीकरण दिएका हुन् । भनेका छन्, ‘दर्शक श्रोताहरु माझ पर्फ़म गरिरहदा कोहि बेला यस्तो माग वा परिश्थिति आउदो रहेछ जहाँ आफुले तयार नगरेको वा पुरा नआउने गीतलाइ गुनगुनाइ दिनुपर्ने अनुरोध आउछ, ‘सालको पातको टपरी’ मा पनि मलाई यस्तै बाध्यता आई लागेको हो ।’

रविले आफू शिकारु भएको भन्दै अग्रज श्रष्टाहरुको अपमानको कल्पना समेत गर्न नसक्ने लेखेका छन् । भनेका छन्, ‘म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो धरातल र पृष्टभूमि कहिले भुल्दिन र भुल्ने छैन, नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाई लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौ, संगीतलाइ निरन्तरता दिन पाएका छौं, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिन ।’

ads

ads